सरकारले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सिएमसीको धरौटी जफत गर्ने भएको छ । बिहीबार संसदको अर्थ समितिको बैठकमा खानेपानीमन्त्री विना मगरले कम्पनीले नेपालको २ वटा बैंकमा राखेको पैसा रोक्का गरि सकेको जानकारी दिएकी हुन् ।
मन्त्री मगरका अनुसार सीएमसीकाे ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ कराेड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया रहेको छ । उनले आयोजनामा अझै २ अर्ब ६० करोडको काम बाँकी रहेकोले यहि पैसा जफत गरेर काम पुरा गर्ने बताईन् ।
खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले ठेकेदारको ३ अर्ब ५० करोड रकम सरकारको हातमा रहेकोले कम्पनीले छोडेर गए पनि सरकारलाई घाटा नलाग्ने बताए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलाई तिर्न बाँकी रकम, धराैटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएकाे उनले जानकारी दिए ।































प्रतिक्रिया