भूकम्पपछि ठप्प तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

भूकम्पपछि ठप्प तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

मेलम्ची             (फाइल तस्विर )
नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । वि.सं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमाक्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताउनुभयो ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।
रासस

Logo