गोपीको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

गोपीको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘गोपी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

गोपीमा बिपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । यो फिल्ममा विपिन कार्की गाई पालकको भूमिकामा देखिदैछन् । विपिन, वर्षा र सुरक्षासँगै भोला सापकोटा, अकिंत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली, गेणश मुनाल, रामबाबु रेग्मी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

आरोही केसीको लगानीमा बनेको फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहेको छ । गोपी माघ १८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

Skip This
Skip This
Logo