धनुषा । गुठीको अर्बौको जग्गा बिक्री गर्ने जनकपुर रत्नसागर कुटीका महन्त बैकुण्ठ दास १५ लाख धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो ।
जनकपुरधाममा रहेको जनक हजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज किर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोग लागेर फरार रहेका महन्त गएको मंसिर १९ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
सरकारी कागज किर्ते र ठगी मुद्दाका अभियुक्त दासलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको छ भने उनीसँगै सरकारी कागज किर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश राजेश कटवालको एकल इजलासले महन्त दासलाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै उनी धरौटी बुझाएर थुनामुक्त भएका छन् ।































प्रतिक्रिया