काठमाडौँ
मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ । यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ ।
सुरुङ नबनाउने नियतसाथ भाग्न खोजेको आशंका गर्दै सरकारले आइतबार ठेकेदार कम्पनी सिएमसी द रेभेनाका साइट कार्यालय प्रमुख क्रिस्टिनयानो क्रुजोसहित आठ अधिकारीको राहदानी नियन्त्रणमा लिएको थियो । सरकार र सिएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ । राहदानी जफत प्रकरणपछि यो विवाद अझ उत्कर्षमा पुगेको हो ।
‘ठेकेदार भाग्न खोजेको होइन । क्षतिपूर्ति नदिएपछि पूर्वचेतावनी अनुसारै काम रोकेको हो’, मेलम्ची आयोजनाको विश्वस्त स्रोतले बतायो । स्रोतका अनुसार प्रमुख क्रुजोसहितका अधिकारी भने क्रिसमस मनाउन इटाली फर्कन लागेका हुन् । उनीहरुको आइतबार रातीको फ्लाइट थियो । राहदानी नियन्त्रणमा लिएपछि उनीहरु रोकिएका छन् ।
मेलम्ची आयोजनाकै आग्रहमा महानगरीय अपराध महाशाखाले ठेकेदार कम्पनीका अधिकारीको राहदानी जफत गरेको स्रोतले बतायो । प्रमुख क्रुजोसहित २९ कर्मचारी साइट छोडेर दुई दिनअघि नै काठमाडौं पुगेका थिए । उनीहरुले साइट छोडेपनि सुरुङको काम भने रोकिएको थिएन । राहदानी प्रकरणपछि भने सोमबारदेखि सुरुङको काम रोकिएको छ । सबै काम ठप्प छन् ।
नागरिकबाट































प्रतिक्रिया