जागरुक युवा अभियानले जनवरी १ लाई नेपालीटोपी दिवसको रुपमा मनाउने ( भिडियो सहित )

जागरुक युवा अभियानले जनवरी १ लाई नेपालीटोपी दिवसको रुपमा मनाउने ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं                                ( फाइल तस्विर )

जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाउने भएको छ ।

अभियानले बिगत ४ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको छ । यसवर्ष पनि छैठौं अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्ने र त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ । यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने र यस दिन आफूपनि सहभागी हुने कलाकार शुभेक्षा थापाले बताइन् ।

अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले यसै दिन टोपी दिवस मनाउन सुरुआत गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । यस अभियानमा संयोजक घनश्याम श्रेष्ठ छन् भने अन्य अभियन्ताहरुमा रामजी बलामी, जनार्जन पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, मोहमद अजमत अलि, शिव धिताल, राजेश खत्री, लक्ष्मण लम्साल, बसन्त हुमागाई र जनक कार्की लगायत छन् ।

कार्यक्रमको तयारी तिव्ररुपमा हुँदै गरेको र सफल बनाउन सबैलाई अभियान्ताहरुले अनुरोध पनि गरेका छन् । हेरौं भिडियोमा :

Skip This
Skip This
Logo