काठमाडौं । शैक्षिक परामर्श संस्था ओली एन्ड एसोसिएट्स नेपालले अष्ट्रेलिया अध्ययनका अवसरबारे जानकारी दिन आयोजना गरेको विशेष सत्र सफलतापूर्वक सम्पन्न भएको छ ।
आईटी तथा कम्प्युटर विज्ञानमा करियर बनाउने चाहने विद्यार्थीहरूलाई लक्षित गरी अष्ट्रेलियाको उत्कृष्ट शिक्षा प्रणाली, छात्रवृत्तिको व्यबस्था, करियरको सम्भावना बारे जानकारी दिने उदेश्यले विशेष जानकारी सत्रको आयोजना गरिएको थियो । उक्त कार्यक्रम ओली एन्ड एसोसिएट्स नेपालको पुतलीसडकस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।

विशेष जानकारी सत्रमा सहभागी विद्यार्थीले अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिएका थिए । बिहान ११ः३० बजेदेखि दिउँसो ३ः३० सम्म सञ्चालन भएको विशेष जानकारीसत्र निकै प्रभावकारी भएको र विद्यार्थीको उत्साहजनक सहभागिता रहेकाे ओली एन्ड एसोसिएट्स नेपालका विजनेश डेभलपमेन्ट म्यानेजर गौतम जिरेलले जानकारी दिए ।

नेपालमा स्नातकको अध्ययन पूरा गरी कम्प्युटर साइन्स, डाटा साइन्स, एआई, साइबर सेक्युरिटि जस्ता विषयमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले जानकारी सत्रमा सहभागी भएका थिए । जानकारी सत्रमा ओली एन्ड एसोसिएट्सले विद्यार्थीलाई विशेषज्ञहरूसँग निःशुल्क परामर्श दिनुका साथै विश्वविद्यालयमा भर्ना प्रक्रियाबारे समेत जानकारी दिइएको थियो ।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ओली एन्ड एसोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ ।





























प्रतिक्रिया