पहिलो हाफमा नेपाल र म्यानमारबीच बराबरी

पहिलो हाफमा नेपाल र म्यानमारबीच बराबरी

केन्द्रबिन्दु
105
Shares

काठमाडौंं । फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले बलियो म्यानमारसँग पहिलो हाफ बराबरी खेलेको छ ।

दशरथ रङ्गशालामा जारी खेलको ४०औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-२ को बराबरीमा फर्काएकी हुन् । खेलको पाँचौं मिनेटमा गोल गर्दै म्याट नोय खिनले म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यो अग्रता धेरै टिक्न सकेन । खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल फर्काइन् । फेरि १६औं मिनेटमा मे हेतुईलुले म्यानमार अग्रता दिलाउँदा सावित्रीले बराबरी गोल फर्काएकी हुन् ।

फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ। म्यानमार ५५ र नेपाल १ सय ३ स्थानमा छ।

Logo