नेपालको राष्ट्रिय धुन ‘श्रीमान गम्भीर’ बजाउने आयोजकले माफी माग्यो

नेपालको राष्ट्रिय धुन ‘श्रीमान गम्भीर’ बजाउने आयोजकले माफी माग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बडी बिल्डिङ च्याम्पियनसीप प्रतियोगितामा ‘श्रीमान गम्भीर’ धुन बजाउने आयोजकले माफी मागेको छ । थाइल्याण्डमा आयोजित वर्ल्ड बडी बिल्डिङ च्याम्पिसनसीपमा नेपालले स्वर्णपदक जित्दा पुरानो राष्ट्रिय धुन ‘श्रीमान गम्भीर’ बजाइएको विषयमा आयोजक वर्ल्ड फिजिक फेडरेसन (डब्लुपीएफ) ले माफी मागेको हो ।

७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका थिए । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

डब्लुपीएफका महासचिव डाटुक पाउल चुआले नेपाल बडी बिल्डिङ एसोसिएसनलाई एक इमेल लेख्दै गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन् । डब्लुपीएफको इमेल एसोसिएसनका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्वोधन गरेर आएको थियो ।

गल्ती भएको विषयमा एसोसिएसनको तर्फबाट आपत्ति व्यक्ति भएपछि आयोजकले क्षमायाचना गरेको एसोसिएसनका महासचिव दिनेश राजभण्डारीले जानकारी दिए । अध्यक्ष श्रेष्ठलाई पठाएको इमेलमा डब्लुपीएफका कर्मचारीले राष्ट्रिय धुन डाउनलोड गर्दा गल्ती हुन पुगेको उल्लेख छ ।

तर नेपाल खेलकुद परिषदले भने पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आयोजकलाई पत्र लेखेर स्पष्टीकरण सोध्ने भएको छ । यस विषयमा सार्वजनिक विज्ञप्ति जारी गरेर क्षमायाचना गर्नुपर्ने राखेपको ठहर छ ।

Skip This
Skip This
Logo