ललितपुर । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलमा इतिहास रच्ने तयारीका साथ आज पहिलो हिसान कप ललितपुर बास्केटबल च्याम्पियनसिप २०२५ को रोमाञ्चक सुरुवात भएकाे छ । हिसान ललितपुरद्वारा आयोजित यो ऐतिहासिक छ दिने प्रतियोगिता उत्कृष्ट खेल कौशल, जोश, र खेल भावना मनाउने अविस्मरणीय उत्सव बन्ने स्कूलकाे विश्वास छ ।
१८ वटा विद्यालयका २४ टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्, जसले प्ल्स टुका छात्र र छात्रा तथा ब्याचलर तहका छात्र र छात्रा वर्गहरूमा विजयको लागि संघर्ष गर्दैछन्। यो पहिलो प्रतियोगिताले रोमाञ्चक खेल, अद्भुत क्षणहरू र कडा प्रतिस्पर्धाको माहोल सिर्जना गरिरहेको छ।
पहिलो हिसान कपको रोमाञ्चक सुरुवात पहिलो दिनले नै रोमाञ्चक खेल र अविश्वसनीय ऊर्जाप्रदान गर्दै प्रतियोगिताको माहोल तताएको छ।
प्रतिस्पर्धाको पहिलो चरणमा प्रिमियर इन्टरनेशनल आईबी स्कूल, लिटिल एन्जल्स स्कूल, ब्लूबर्डस्कूल र आइडियल मोडेल स्कूल का टिमहरूले प्रभावशाली प्रदर्शन गर्दै पहिलो जित दर्ता गरेका छन् । यी टिमहरूले उत्कृष्ट तालमेल, रणनीतिक योजना र खेल कौशल देखाउँदै प्रतियोगिताको पहिलो संस्करणमा आफ्नो दाबेदारी प्रष्ट पारे ।
यसैगरी छात्रा वर्गमा, ब्लूबर्ड स्कूल र लिटिल एन्जल्स स्कूल ले पहिलो दिनमै आफ्नो दबदबा जमाउँदै शानदार जित हासिल गरे। उनीहरूको तीव्र खेल शैली र दृढता दर्शकहरूलाई अझ रोमाञ्चित बनाउँदै आगामी खेलहरूको लागिअपेक्षा बढाएको छ।
नागर्जुन कलेज र पिनाकल कलेजले रणनीतिक योजना र उत्कृष्ट टिमवर्क प्रस्तुत गर्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे । उनीहरूको बलियो रक्षात्मक रणनीति र तालमेलले यो ऐतिहासिक प्रतियोगितामा तिनीहरूलाई शीर्ष दावेदार बनाएको छ।
खेल मात्र होइन, एकताको उत्सव
पहिलो हिसान कप खेल मात्र होइन, यो एकता, खेल भावना र समुदायको ऊर्जा मनाउने उत्सव हो । पहिलो दिनमै उत्साहित दर्शकहरूको जयकार, विद्यालय समुदायहरूको साथ र खेलाडीहरूको समर्पणले प्रतिस्पर्धाको वास्तविक आत्मा झल्काएको छ।
आइडियल मोडेल स्कूलमा हुने दोस्रो दिनका खेलहरू अझ रोमाञ्चक हुनेछन्। त्यसपछि, तेस्रो दिन लिटिल एन्जल्स स्कूल मा आयोजना हुनेछ । क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल आर्मी इनडोर कभर्डहलमा क्रमशः फाल्गुन १५, १६ र १७ गते हुनेछ ।





























प्रतिक्रिया