काठमाडौ । पछिल्लो समय धेरै कलाकार र राजनीतिज्ञहरुको अभिरुचि अध्यात्मतिर बढ्दै गएको देखिन्छ । अझ सेलिब्रेटीहरु सम्बन्ध विच्छेदपछि ओशो सन्यासी बनिरहेका छन् ।
यसैको जल्दोबल्दो उदाहरण हुन्, नायिका शिल्पा पोखरेल । उनले छविराज ओझासँग सम्बन्ध विच्छेद गरेको केहीसमयमै ओशो सन्यासी बनेको फोटो भिडियो भाइरल भएका थिए । त्यसैगरी गायिका एलिना चौहानले पनि यसअघि तपोवनमा पुगेर ओशोप्रति झुकाव दर्शाएकी थिइन् ।
जव जव कुनै व्यक्ति भावनात्मक रुपमा खलवलिन्छ तव उसलाई शान्त र प्रेमिल वातावरणको आवश्यक पर्छ । ओशो सन्यासीमा प्रेम लक्ष्य हो र जीवन यात्रा हो भन्ने भावलाई अनुसरण गरिन्छ । मनमा शान्ति, सकारात्मक सोचका लागि तपोवनमा गएर व्यक्तिहरु ध्यान गर्ने गरेका छन् ।
केही समय घरपरिवारबाट टाढा रहि ध्यान तथा साधाना गरेर मनमा शान्ति ल्याउने ओशो दर्शनको सार हो । भौतिक जीवनसंगै आध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशो दर्शनको मान्यता रहेको छ । खुसीका साथ जीवन जीउन सिक्न, रिस, क्राोधलाई नियन्त्रण गर्न, शान्त स्वभावको जिवन विताउन मान्छेहरु तपोवनमा ध्यानका लागि जाने गर्छन् ।
विश्वभर मानिने प्राय सबै धर्ममा सन्यासी हुनुको अर्थ संसारिक जिवनबाट टाढा रहनु भन्ने हुन्छ तर ओशो दर्शनमा गृहस्थी जीवन र सन्यासी जीवन एकसाथ व्यतीत गर्न सकिने सिद्धान्तमा अडिग छ । त्यसैले होला पछिल्लो समय नेता देखि कलाकारहरुको रोजाइमा ओशो सन्यासी पर्ने गरेको छ ।
केहीदिन अघिमात्र अभिनेत्री शिल्पा पोखरेल निर्देशक छविराज ओझासंग सम्बन्ध विच्छेदको मुद्धा किनारा लागेसंगै ओशो सन्यासी बनेकी छिन् । उनले ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् । ओशो सन्यासी बनेर माला ग्रहण गरेपछि सन्यासी नाम दिने चलन रहेको छ । शिल्पा अब ओशोमा ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने भएकी छिन् ।
चलचित्र क्षेत्रमा स्थापित हुदै गएकी अभिनेत्री शिल्पा पोखरेलको जिवनमा निर्देशक छविराज ओझासंगको विहे पश्चात उनको जीवनमा उथलपुल सुरु भएको थियो । सम्बन्ध विच्छेदको मुद्धा चलिरहँदा मानसिक तनावमा रहेकी शिल्पा उक्त मुद्धाको किनारा लागेसंगै ओशो सन्याशी बनेकी हुन् ।
त्यस्तै गायिका एलिना चौहान पनि आशो सन्यासी बनेकी छिन् । विहे भएको एक वर्ष नवित्दै सम्वन्ध विच्छेदको हल्ला फैलिएको समयमा उनि तपोवन पुगेर सन्यास लिएकी थिइन् । त्यहीबीचमा उनले गत बैशाखमा अस्टे«लियामा व्यापार गर्दै आएका विष्णु सापकोटासंग प्रेम विवाह गरेकी थिइन् । विहे पश्चात एलिनाले केहि समय अष्टे«लियामा विताइन् ।
त्यसपछी उनिहरुको सम्बन्धमा खटपट सुरु भएको हल्ला फैलिएको थियो । तथापी उनको बैबाहिक जीवन लामो समय चल्न सकेन । ‘धोकेबाज हौ तिमी’ गीतबाट निकै चर्चामा आएकी उनी सन्यासी धारण गरेपश्चात उनले आफ्नो नाम ‘माँ शिव प्रिया’ राखेकी छिन् ।
त्यस्तै अभिनेत्री नम्रता सापकोटा पनि ओशो सन्यासी हुन् । तीन वर्ष अगाडि नै सन्यासी बनेकी उनी विहे गर्ने इच्छा नभएको तर आफू सिंगल मदर बन्ने चाहना रहेको बताएर चर्चामा आइरहन्छिन् ।
प्रेम लक्ष्य हो र जिवन यात्रा हो भन्ने भावसंग आगाडि बढ्नका लागि व्यक्तिहरु ओशो सन्यास लिने गरेका छन् । अन्य अभिनेत्रि केकी अधिकारी, बेनिशा हमाल, शोभिता सिम्खडा पनि तपोवनमा पुगेर ओशो सन्यासी बनेका छन् ।
कलाकारहरु मात्र होइन विभिन्न पार्टीका राजनितिज्ञहरु समेत ओशो सन्यासी बनेका छन् ।
सहयोगी भावनाका प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा पनि ओशो सन्यासी बनेका छन् । काठमाडौँको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका थिए । सन्यास ग्रहण गरेपश्चात उनको सन्यासी नाम ‘आनन्द मैत्रय’ रहेको छ ।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि ओशो तपोवनमा नौ दिनसम्म ध्यान पुरा गरेर ‘ओशो सन्यासी’ बनेका छन् ।
आफूलाई गान्धी र बुद्धको बाटोमा रहेको बताउदै आएका उनले शान्तिको खोजीमा सन्यासी बनेका हुन् । त्यस्तै नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ओशो सन्यासीको मार्ग रोजेका छन् । यी बाहेक चर्चित अनुहार थुप्रै छन्, जो ओशो सन्यासी बनेका छन् ।
ओशो सन्यासी बनेपश्चात सांसारिक सुखमा भन्दा आध्यात्मिक आनन्दमा रमाउन प्रेरित भइन्छ । मान्छेको जीवनमा सुख, शान्ती र आनन्द अनमोल छ । मान्छे परम सुखको खोजीमा हरदम हुन्छ । के हो त्यो सुख ? कसरी प्राप्त हुन्छ सुख ? त्यसको खोजीमा मान्छेहरु ओशो सन्यासी बन्ने गरेका छन् ।
सेलिब्रेटीहरूको सन्यासी बन्ने लहरः सम्बन्ध टुटेपछि होस् या अगाडि पुग्छन् ओशोकै चरणमा, कारण के ? (भिडियो)





























प्रतिक्रिया