सांसद डा‍‍. सुनिल शर्माको पहलमा स्याङ्जाका विपन्न बिरामीहरूको केएमसीमा निःशुल्क उपचार हुने

सांसद डा‍‍. सुनिल शर्माको पहलमा स्याङ्जाका विपन्न बिरामीहरूको केएमसीमा निःशुल्क उपचार हुने

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरेका छन्।

कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको विशेष अनुरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रोपाइटरसमेत रहेका डा. शर्माले आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निःशुल्क उपचारको व्यवस्थाको घोषणा गरेका हुन् ।

घोषणा गरेअनुसार, यही चैत्र ४ गते केएमसी, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ । बिरामीहरूले औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैं गर्नु पर्नेछ।

स्याङ्जाका विपन्न बिरामीहरुले उपचार लिनको लागि स्याङ्जा कै स्थानीय अस्पतालमा जाँच गराई शल्यक्रिया गर्नु पर्ने भएमा वा अस्पतालमानै भर्ना गरी थप उपचार गर्नु पर्ने भएमा त्यहाँबाट रिफर लिई आउनु पर्ने हुन्छ । स्वास्थ्य बीमामा आबद्ध भएका बिरामीहरुले बीमाको रिफर कागज पनि साथै लिएर आउनुपर्छ । विपन्न बिरामीहरुको केएमसीमा उपचारको लागि सहजीकरण उपसभापति गुरुङको सचिवालयले गर्नेछ ।

स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका स्याङ्जा क्षेत्र नं. २ का संघीय सांसद तथा वरिष्ठ अधिवक्ता धनराज गुरुङ सामाजिक कार्यमा अग्रसर नेताका रूपमा चिनिन्छन्। समाजसेवा र जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्‍याउने महत्वपूर्ण काम गरेका छन्।

यता सांसद डा. शर्मा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै हजारौं विरामीहरुलाई नवजीवन प्राप्त गर्न सारथीकोरुपमा स्थापित परिचित व्यक्ति हुन् । उनले पूर्वी नेपालदेखि सूदुर पश्चिमसम्म विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी लाखौंलाई गाँउ घरमै उपचारसेवा पुर्याउँदै आएका छन् । अपरेसन गर्न नसकिरहेका, आफ्नो रोगको सही उपचार गर्न असमर्थ विरामीहरु देखि मिर्गौला प्रत्यारोपण सम्मको उपचार निःशुल्क उपलव्ध गराउँदै आएका छन् । सांसद भए वापत राज्यबाट कुनै तलब सुविधा समेत नलिने घोषणा गरी जनताको प्रतिनिधिको रुपमा संसदमा जनताको आवाजलाई शसक्त रुपमा राख्ने उनी एक मात्र सांसद हुन् ।

Skip This
Skip This
Logo