सांसद डा. सुनिल शर्माले हुम्लाकी देबिसरा रावललाई दिए जीवनदान

सांसद डा. सुनिल शर्माले हुम्लाकी देबिसरा रावललाई दिए जीवनदान

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले हुम्ला जिल्लाको अत्यन्तै दुर्गम गाउँकी देबिसरा रावलको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क मृगौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्।

हुम्ला जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा. शर्मासँग भेट गरेपछि उनले निःशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएका हुन्। साथै, उनले बिरामीको औषधि खर्चका लागि एक लाख रुपैयाँसम्म सहयोग गर्ने पनि बताएका छन्।

रावललाई अस्पताल ल्याउन थानकोटस्थित उनको निवासमा एम्बुलेन्स पठाई केएमसीमा उपचारको प्रक्रिया सुरु गरिएको छ। यस क्रममा बिरामीका श्रीमान् हर्कबहादुर रावलले डा. शर्मा आफूहरूका लागि भगवानसरह भएको बताएका छन्।

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्दै आएका छन्। स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन्।

त्यसैगरी, उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन्। साथै, काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन्।

सांसद शर्मा प्रतिनिधिसभाको एकमात्र तलब भत्ता नलिने सांसद हुन् ।

डा‍. शर्माको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ । यस्तो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Logo