सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

केन्द्रबिन्दु
24
Shares

खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् ।

पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

Logo