नेपालमा भित्रिए टाटाका यी तीन ईभी, जसको मूल्य उचित, फिचर दमदार

नेपालमा भित्रिए टाटाका यी तीन ईभी, जसको मूल्य उचित, फिचर दमदार

केन्द्रबिन्दु
408
Shares

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएका टाटा ब्रान्डका ईभी गाडीको नयाँ–नयाँ मोडल भित्रिने क्रम जारी छ । एकपछि अर्को टाटाको ईभी गाडी आइराख्दा यी ब्रान्डका गाडीलाई ‘गेम चेन्जर’ को रूपमा हेर्न थालिएको हो ।

टाटाका नेपालमा दर्जन बढी मोडलका ईभी गाडी भित्रिइसकेका छन् । जुन मोडलका गाडी ग्राहकको निकै रोजाइमा पर्दै आएका हुन् । नेपालमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटाका गाडी प्रतिको चासो उच्च हुनुका साथै सडकमा बाक्लिने क्रम पनि उत्तिकै छ ।

गाडीको उत्कृष्ट पर्फर्मेन्स भएकै कारण आम ग्राहकको रोजाइमा टाटाका ईभी पर्ने गरेको कम्पनीले बताएको छ । कम्पनीले बजारमा नेक्सन केथ्री डट ईभी, कर्भ डट ईभी र टियागो डट ईभी मोडलको गाडी नेपालमा सार्वजनिक गरिसकेको छ ।

केही समयअघि आएको टियागो डट ईभी सस्तो गाडीको रूपमा पनि हेरिन्छ । सिप्रदीले गाडी बिक्रीलाई मात्र नभई बिक्री पछिको सेवालाई पनि उत्तिकै फोकस गरिरहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले जानकारी दिए ।

सफल मोडलका रूपमा कहलिँदै गरेका यी गाडी अहिले धमाधम बिक्री भइरहेको कम्पनीको भनाई छ । ‘हामी गाडी बिक्री सँगसँगै पूर्वाधार विकासमा पनि फोकस छौं, चार्जिङ स्टेशन, सर्भिस नेटर्वक विस्तार हाम्रो प्राथमिकता छन्,’ उनले भने ।

कुन गाडीका के छन् विशेषता ?

कर्भ डट ईभी

नेपालमा भर्खरै सार्वजनिक भएको गाडी हो, कर्भ डट ईभी । टप भेरियन्ट उपलब्ध यो गाडीमा सेतो र खैरो रङमा उपलब्ध छ । भारतीय बजारमा कर्भ ईभीको पाँच भेरियन्ट भएता पनि नेपालमा भने टप भेरियन्ट मात्र उपलब्ध रहेको कम्पनीको भनाई छ ।

आकर्षक डिजाइन, अत्याधुनिक फिचर समावेश भएको यो गाडीमा हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।

यस्तै, कम्पनीले कर्भ डट ईभीको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकेको छ । गाडीमा ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ । यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ डट ईभीले एक पटकको फूल चार्जमा ५०२ किलोमिटरको यात्रा तय गर्छ ।

१०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयर ब्याग साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट आवर दिइएको छ ।

नेक्सन केथ्री डट ईभी

नेक्सनका अन्य मोडलका गाडी जस्तै नेक्सन के३ डट ईभी पनि ग्राहकको रोजाइमा पर्ने विश्वास लिँदै सिप्रदीले यो गाडी बजारमा ल्याइसकेको छ । नेपाली सडकका लागि निकै उपयुक्त रहेको यो गाडी फिचरको हिसाबले पनि उत्कृष्ट छ । एक पटकको फुल चार्जमा ३२५ किलोमिटरको यात्रा तय गर्नसक्ने यस गाडीमा ९८ किलोवाट क्षमताको मोटर छ ।

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के३मा ३६० डिग्री क्यामरा उपलब्ध छ । नेक्सन के३ डट ईभीलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।

गाडीको किन्दा निःशुल्क दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यो गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ३५० लिटरको बुट स्पेस दिइएको छ ।

टियागो डट ईभी

केही समयअघि मात्र आएको यो गाडीलाई मूल्यका हिसाबले निकै उचित गाडीको रूपमा हेरिन्छ । २ ब्याट्री अप्सनमा उपलब्ध टियागोमा १९.२ र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री छ । टियागो ईभीमा एक्सइ र एक्सटी भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री प्याक रहने छ भने एक्सजेड, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरीमा २४ किलोवाट आवरको ब्याट्री प्याक रहेको कम्पनीले बताएको छ ।

यसमा डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मिल्छ । कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ ।

यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध टियागो ईभीमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ । टियोगो एक्सटीको मूल्य २७ लाख ४९ हजार र एक्सजेडप्लस टेक लक्सको मूल्य २९ लाख ९९ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।

Skip This
Skip This
Logo