एनआरटीलाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलनमा प्रवेश

एनआरटीलाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलनमा प्रवेश

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दैसेमिफाइनलनमा प्रवेश गरेको हो ।

केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।

Logo