काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नवौँ संस्करणको प्रतियोगितामा न्युजिल्यान्ड र इन्डिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार राति पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् । बङ्गलादेश र आयोजक पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
रावलपिण्डी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । उसका लागि कप्तान नजमुल हुसेन शान्तोले ११० बलमा ९ चौकासहित सर्वाधिक ७७ रन जोडे ।
न्युजिल्यान्डका लागि मिचेल ब्रासवेलले १० ओभरमा २६ रनसहित ४ विकेट लिए ।
दुई सय २७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले २३ बल बाँकी छँदै मात्र ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि रचिन रवीन्द्रले शतकीय पारी खेल्दै १०५ बलमै सर्वाधिक ११२ रन बनाए । यस्तै टोम लाथमले अर्धशतकीय पारी खेल्दै ५५ रन जोडे ।
यससँगै समूह ‘ए’बाट सेमिफाइनलमा पुगेका न्युजिल्यान्ड र इन्डियाले ४–४ अङ्क जोड्दा बाहिरिएका बङ्गलादेश र पाकिस्तान अङ्कविहीन छन् । दुवै टोली अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका हुन् ।































प्रतिक्रिया