‘ग्रामर गुरु’ चूडामणि गौतम अस्ताए

‘ग्रामर गुरु’ चूडामणि गौतम अस्ताए

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।

उनलाई ‘ग्रामर गुरु’ भनेर चिनिने गरिन्छ । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे ।

गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।

उनले गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी (२०६९), नेपाली–इङ्गलिस डिक्सनरी (२०५८), राम्रो अंग्रेजी बोलचाल अभ्यास (२०५०), गौतम व्यावहारिक नेपाली शब्दकोश (२०७२), विवादित वर्णविन्यासको नेपाली शब्दकोश (२०७३), नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा (२०७१), नेपाली शुद्धाशुद्धि ज्ञान (२०७३) लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका थिए।

Skip This
Skip This
Logo