प्रकृतिका बुबालाई प्रधानमन्त्री ओलीको फोन – ‘दोषीलाई कार्वाहीको दायरामा ल्याउन कूटनीतिक पहल भैरहेको छ’

प्रकृतिका बुबालाई प्रधानमन्त्री ओलीको फोन – ‘दोषीलाई कार्वाहीको दायरामा ल्याउन कूटनीतिक पहल भैरहेको छ’

केन्द्रबिन्दु
123
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्यनरत नेपाली चेली प्रकृती लम्सालको रहस्यमयी मृत्यू पश्चात शोकमा रहेका उनको परिवारसँग टेलिफोन संवाद गरेका छन् ।

सामाजिक सञ्जालमा प्राप्त भिडियोका अनुसार भारतमा छोरीको रहस्यमयी मृत्यू भए पश्चात सिद्धार्थनगर नगरपालिका वडा नं ८ भैरहवामा बस्ने प्रकृतिका बुवाआमासंग प्रधानमन्त्री ओलीले टेलिफोन संवाद गर्दै घटनामा संलग्न दोसिलाई कार्वाहिको दायरामा ल्याउन कुटनितिक पहल भैरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले घटनामा संलग्न जो कोहि भएपनि राज्यको तर्फवाट दोसिलाई कार्वाहिको दायरामा ल्याउन कुटनितिक पहल भैरहेको र भारतमा अध्यन गरिरहेका नेपाली बिद्यार्थिहरु सबैको सुरक्षाको पहल समेत गरिरहेको जानकारी समेत गराएका थिए ।
प्रकृतिका बुवाआमाको पिडामा राज्य र प्रधानमन्त्री समेत साथमा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने ‘सबै नेपाली बिद्यार्थि हाम्रै छोराछोरी हुन, सबैको सुरक्षाको लागि म सचेत छु, हामि पहल गरिरहेका छौं ।’

टेलिफोन सम्बाद भैरहँदा प्रकृतिका बुबासँग नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेत साथमा रहेको भिडियोमा देखिन्छ । बस्नेतले नै टेलिफोन वार्ताको वातावरण मिलाएका थिए ।

,

Logo