आजसम्म मैले हेरेको लभ स्टोरी फिल्मभन्दा ‘मायावी’ फरक छ -महानायक राजेश हमाल

आजसम्म मैले हेरेको लभ स्टोरी फिल्मभन्दा ‘मायावी’ फरक छ -महानायक राजेश हमाल

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रिमियर सम्पन्न भएको हो ।

प्रीमियरमा सहभागी महानायक राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिए । फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने कथावस्तु नरहेको उनले बताए । फिल्म समग्रमा नै एकदमै मन छुने कथावस्तुमा आधारित रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘जुन हिसाबको यो चलचित्रको फ्लो छ । सबैको प्रस्तुती एकदम राम्रो छ । यसका सुरुदेखि नै एउटा फ्लोमा गइरहेको छ । सुरुदेखि नै अन्तिमसम्म कतै पनि बोरिङ लाग्ने छैन । दुईचारवटा सिनेमा चल्ने वित्तिकै सबै चलचित्र त्यस्तै चल्नुपर्छ भन्ने छैन् । मलाई लाग्छ मायावीले चाँही बजार तताउने छ । फिल्मको कथावस्तुले मन छुन्छ । गीत–संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् ।’

साथै उनले आफूले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा मायावी फरक रहेको पनि बताए ।

उनले भने, ‘मैले अहिलेसम्म हेरेका लभ स्टोरीभन्दा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाइएको रहेछ । यो लभ स्टोरी फिल्म विशेष छ ।’

‘मायावी’ को प्रीमियरमा फिल्मका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंश महर्जन, नयाँ अभिनेता समीम खान उपस्थित रहेका थिए भने फिल्मका मुख्य अभिनेता पल शाह भने ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् । निर्देशक ज्ञानेन्द्र देउजा, मिस नेपाल उषा खड्गी, अभिनेत्री सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत प्रीमियरमा पुगेका थिए ।

फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।

त्यस्तै, क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्म भोली (बुधबार)देखि देशभर प्रदर्शनमा आउँदै छ ।

Skip This
Skip This
Logo