विपिन कार्की दुर्घटनामा पर्दा ‘जात्रै जात्रा’ को प्रदर्शन मिति सर्यो

विपिन कार्की दुर्घटनामा पर्दा ‘जात्रै जात्रा’ को प्रदर्शन मिति सर्यो

केन्द्रबिन्दु
0
Shares

फागुन १७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’ को प्रर्दशन मिति सरेको छ । यस चलचित्रको मुख्य कलाकार विपिन कार्की केहि समय अघि दुर्घटनामा परेका थिए । जसले गर्दा चलचित्रको छायांकन नै रोकिएको छ ।

जात्रै जात्राका निर्देशक प्रदिप भट्टराईले आज सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस सार्वजनिक गर्दै चलचित्रको प्रर्दशन मिति सरेको कुरा जानकारी गराएका छन् ।

उनले लेखेका छन् ‘हाम्रा मुख्य अभिनेता बिपिन कार्कीको दुर्घटनामा परि खुट्टा भाचिएको र उहाँलाई केही समय अझै आराम गर्नुपर्ने भएको हुँदा चलचित्रको छायांकन गर्न अझ कुनुपर्ने भएकोले फागुन १७ मा आउने भनिएको जात्रै जात्रा सो मितिमा आउन नसक्ने कुरा दर्शक मिडियाकर्मी तथा हाम्रा शुभचिन्तकहरुमा जानकारी गराउँदछौं, साथै छिट्टो छायांकनमा जाने मिति र चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गराउनेछौ ।’

Logo