झापामा झोक्किएका नारायणकाजी श्रेष्ठले ‘सामान्य घटना’ भन्दै मागे माफी

झापामा झोक्किएका नारायणकाजी श्रेष्ठले ‘सामान्य घटना’ भन्दै मागे माफी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापाको कचनकवलमा भएको घटनाप्रति माफी मागेका छन्।

माओवादीले सोमबारबाट झापाको कचनकवलमा सुरु गरेको ‘जनतासँग माओवादीः तराई(मधेश जागरण अभियान’को उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित पार्टीका सबै पदाधिकारीलाई उपस्थित थिए। कार्यक्रममा सबै उपमहासचिवहरू, महासचिव, दुई जना उपाध्यक्षले मन्तव्य राखिसकेपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठको पालो आयो, उनले आफ्ना कुरा राख्दै थिए।

तर, त्यति नै बेला कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए। त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो ? हो भने भन्नुस्। म जान्छु। होइन भने किन अगाडि उभिन आउनु भएको ?’ उनको यो अभिव्यक्ति निकै भाइरल भएको थियो र आलोचना पनि भएको थियो ।

यसै विषयमा मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माफी मागेका हुन् । कार्यक्रममा आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएकोले उक्त घटना घट्न पुगेको र त्यसलाई सामान्य घटनाकै रूपमा लिन उनको आग्रह छ ।

उनले भनेका छन्, ‘मैले सुरूआत मात्रै के गरेको थिएँ, अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै । त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु । त्यसमा सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’

Skip This
Skip This
Logo