सरकारलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- काठमाडौं महानगरलाई बन्धक नबनाइयोस्, पाप लाग्ला !

सरकारलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- काठमाडौं महानगरलाई बन्धक नबनाइयोस्, पाप लाग्ला !

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकालाई बन्धक नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं महानगरलगायत देशभरका स्थानी तहमा प्रमुख प्रशमसकीय अधिकृत रोकेर राखिएकोमा आपत्ति जनाउँदै सांसद शाहीले गाउँ गाउँमा सिंह गयो तर दरबार नगएको टिप्पणी गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतलाई रोक्दा काठमाडौँ महानगरपालिकामा आज सरसफाइ गर्ने कर्मचारीहरूले तलब खान पाइरहेका छैनन्। यसरी बन्धक बनाइयोस् । ओली सरकारलाई त्यसको पाप लाग्ला !आज मेरो जुम्लामा पनि त्यही हालत छ । ८५ हजार ५५८ कर्मचारी उनीहरूको चाकडी र घरदैलो गर्न नियुक्ति गरिएको हो र ? यदी सरकारलाई त्यो कुरा लाग्छ भने अब आउने स्तानीय तहको चुनावमा नगराएर आफ्ना आसेपासे कार्यकर्तालाई टीका लगाएर अबिर जात्रा गरेर घोषणा गरिदिनुस्।’

नयाँ साथीहरुको आगमनबाट सरकार डराएको भए अबको स्थानीय चुनावमा आफ्नै कार्यकर्ता मात्रै उठाउन पनि प्रधानमन्त्री ओलीलाई उनले चुनौती दिए ।

Logo