ट्रम्पले नेपाललाई फ्रड भनेको मैले मात्र सुन्या हाे र ? -सांसद ढकाल

ट्रम्पले नेपाललाई फ्रड भनेको मैले मात्र सुन्या हाे र ? -सांसद ढकाल

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचारको विरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक्ष गरेका हुन् । उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्री ज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया । युवाहरुले सुशासनको लागि भ्रष्ट्रचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाटस लेख्दा च्याप्पै समात्ने ।’

उनले प्रधानमन्त्रीले ‘म भ्रष्ट्राचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्राचार गर्दिनँ गर्न दिन्नँ भन्नु हुन्छ । म यहाँ केही तथ्यांंक प्रस्तुत गर्छु भ्रष्ट्राचार अवधारणा सुचांक २०२३ सार्वजनिक गरेको छ ट्रास्फरेन्सि इन्टरनेस्नलले, त्यसका १८० देशहरुको तथ्यांंक छन् । डेनमार्क ९० अंकले भ्रष्ट्रचार कम गर्ने देश बनेको छ । हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा, यो सरकार सञ्चालक को थियो सभामुख महोदय भ्रष्ट्राचार गर्दिनँ गर्न नि दिन्न भन्नुभएको रहेछ त । भ्रष्ट्राचार गर्दिनँ गर्न नि दिन्न भन्न सुहाउँदैन ।’

Logo