काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीले ‘युनाइटेड रोबो फेस्ट ३.०’ आयोजना गरेको छ ।
विद्यार्थीहरूको रोबोटिक्समा रुची अभिवृद्धि गर्ने र त्यस क्षेत्रमा उनीहरूले हासिल गरेको दक्षता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उदेश्यले ‘रोबो फेस्ट’को आयोजना गरिएको हो । उक्त फेस्ट युनाइटेड एकेडेमीको प्लस टुमा अध्ययनरत विद्यार्थी र रोबाेटिक्स क्लवले संयुक्त रुपमा आयोजना गरेको हो ।
रोबो फेस्टमा ‘रोबो सकर’ र ‘रोबो रेस’ खेल प्रतियोगिता राखिएको छ । रोबो सकरमा खेलमा विभिन्न कलेजका १४ भन्दा बढी समूहको सहभागिता रहेको छ । र त्यसैगरी रोबो रेसमा पनि विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन्।
विश्वमा आइटीले तहल्का मच्चाइरहेको समयमा नेपालका विद्यालय र कलेजमा यस्ता फेस्ट हुन आवश्यक रहेको छ । रोबो फेस्टले रोबोटिक्सको क्षेत्रमा नवीनता र विशेषज्ञता प्रदर्शन गर्न उपयोगी हुने र विद्यार्थीहरूबीच सहकार्यलाई फेस्टले बढावा दिने आयोजक पक्षले बताएको छ ।

त्यस्तै, कक्षा ११ मा साइन्स र म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले बनाएको २२ वटा भन्दा बढी रोबर्ट तथा आइटिसम्बन्धी विभिन्न परियोजनाहरु प्रदर्शनमा राखिएका छन् । विद्यार्थीहरुले बनाएको सिंचाइका लागि ‘स्मार्ट ग्रीन हाउस’ र ‘इरिगेसन सिस्टम’, सैन्यहरुलाई आक्रमणबाट बचाउन सकिने र्यादर डिटेक्टर फर डिफेन्स विथ गन टोरेन्ट’, सवारी साधनलाई दुर्घटना हुनबाट बचाउनका लागि ‘एक्सिडेन्ट प्रिभेन्टिङ सिस्टम’ र सिक्का प्रयोग गरी दुई रुपैयाँमै सेनेटरी प्याड उपलब्ध गराउने मेसिन ‘आमा’ जस्ता परियोजनाहरु प्रदर्शनीमा राखिएका छन् ।

तत्कालको लागि रोबो फेस्टमा प्रदर्शन गर्ने उदेश्यले यी परियोजनाहरु बनाइए पनि भविष्यमा यसलाई व्यवहारमा लागू हुने गरी निर्माण गर्ने विद्यार्थीहरुले बताएका छन् । युनाइटेड एकेडेमीले तेस्रो संस्करणका रुपमा यो कार्यक्रमको आयोजना गरेको हो ।
सन् २०१७ देखि निरन्तर यस किसिमका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ ।

एकेडेमीको प्रांगणमा आयोजना भइरहेको फेस्टको तीन वटा प्रतिष्ठित अवार्डहरू एकेडेमीको पक्षमा आइसकेको छ । यन्त्र ६.०, यन्त्र ७.० र आक्वाबोटको अवार्ड एकेडेमीले जितिसकेको हो । अन्यमा विधामा पनि प्रतिस्पर्धा जारी छ ।



































प्रतिक्रिया