८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछः विश्वप्रकाश शर्मा

८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
54
Shares

इटहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन् ।

कांग्रेसमा ८४ को चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने उनले बताएका हुन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार इटहरी आएका उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु ।’

उनले थप भने, ‘जिल्लाका साथीहरु विधानले तोकेको नियमावली भित्र रहेर टुङ्ग्याउनुस् र हामीले भनेका पनि छौं । नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चाँही नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भए पछाडि हुँदैन । निर्धारित समयभित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौं । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरु तयार भए हुन्छ । आगामी ०८४ को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नया नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ ।’

Skip This
Skip This
Logo