रुपन्देही । रोल्पामा एक श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।
त्रिवेणी गाउँपालिका ६ थुम्काटोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरले आफूलाई श्रीमतीले हेपेको भन्दै आवेशमा आएर श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका थिए। मृतक ३२ वर्षीय श्रीमतीसहित उनको परिवारमा दुई छोरा र एक छोरी पनि छन् ।
बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए।
श्रीमतीको हत्या गरेपछि पनि उनले हातमा हतियार लिएर घुमिरहेको र प्रहरी तथा स्थानीय छिमेकी आउँदासम्म पनि घरमै बसेका थिए । खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई श्रीमतीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् ।
त्रिवेणी ६ का वडाध्यक्ष तथा यो घटनाको विषयमा सुरुदेखि प्रहरीलाई अनुसन्धानमा सघाएका वडाध्यक्ष नरेन्द्र भण्डारीले खिमबहादुरले श्रीमतीको हत्या गर्ने समयमा ४ कक्षामा पढ्ने माइलो छोरासँगै बसेर तरकारी बनाइरहेकी थिइन् भने १४ महिनाको छोरी काखमा बोकेकी थिइन् । ८ कक्षामा पढ्ने जेठो छोरा भने घरको काममा बारीमा गएका थिए ।
घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले श्रीमतीले डोमिनेट गरेर आवेशमा आएर हत्या गरेको अहिलेसम्म खुलेको बताए ।
घटनाले परिवार र गाउँमा त्रास देखिएको छ ।





























प्रतिक्रिया