अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ‘गोल्ड कार्ड’ भिसा घोषणा, ५० लाख डलरमा किन्न पाइने

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ‘गोल्ड कार्ड’ भिसा घोषणा, ५० लाख डलरमा किन्न पाइने

केन्द्रबिन्दु
408
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसाको घोषणा गरेका छन् । उक्त भिसा लिनको लािग ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँ पर्ने छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार उक्त भिसाको घोषणा गर्दै धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने बताए । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।

‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।

‘के तपाईंले रूसी अर्बपतिहरूलाई पनि यो कार्ड बिक्री गर्ने विचार गर्नुभएको छ रु’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, सम्भव छ। म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल व्यक्ति हुन् ।’

Skip This
Skip This
Logo