यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, के-के भयो नीतिगत परिवर्तन ? [पूर्णपाठ]

यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, के-के भयो नीतिगत परिवर्तन ? [पूर्णपाठ]

केन्द्रबिन्दु
33
Shares

काठमाडौैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा मंगलबार सार्वजनिक गरिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा ल्याएका हुन् । आगामी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरेर गभर्नर अधिकार बिदा हुँदै छन् । मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत् राखिएको छ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ । असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने पनि अर्धवार्षिक समीक्षा उल्लेख छ ।

Logo