काठमाडौं.। महाशिवरात्रिको अवसर पारेर फिल्म ‘हर्ष’ को शुभमूहूर्त गरिएको छ ।
एकता पौडेलले निर्देशन बन्न लागेको फिल्मको बुधबार ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको हो । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित लगायतका कलाकारको अभिनय रहनेछ ।
‘हर्ष’ सिनेमाको कथा स्वयं एकता पौडेलले लेखेकी हुन्। फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् भने संगीत वसन्त सापकोटा र एलिश कार्कीको रहनेछ । सम्पादन लोकेश बज्राचार्यको, र कोरियोग्राफी सुनिल क्षेत्रीले गर्नेछन्।
२०८२ सालमा रिलिज हुने यस फिल्म यहि १७ फागुनबाट फ्लोरमा जाने बताइएको छ ।





























प्रतिक्रिया