पाँच महिनापछि नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

पाँच महिनापछि नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार (आज) बस्दैछ ।  २१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछि शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो । चार नेता बाहिरिएपछि अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित सचिवालयको बहुमत सदस्यको बैठकले स्थायी समिति बैठकको मिति तय गरेको थियो ।

बोलाएको समय भन्दा आधा घन्टापछिसम्म पनि अध्यक्षहरू उपस्थित नभएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २२ मंसिरको बैठक बहिष्कार गरेका थिए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo