काठमाडौं । आज विहान सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए ।
अहिले सम्म प्राप्त जानकारी अनुसार भूकम्पले ठूलो मानविय क्षती नभए पनि सिन्धुपाल्चोकमा केही क्षेती भएको बुझिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।
यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।





























प्रतिक्रिया