बोलोग्नाले मिलानलाई २-१ ले हराउँदै छैटौँ स्थानमा उक्लियो

बोलोग्नाले मिलानलाई २-१ ले हराउँदै छैटौँ स्थानमा उक्लियो

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा बोलोग्नाले एसी मिलानलाई २-१ को अन्तरले पराजित गरेको छ। खेलमा सुरुआती अग्रता लिएर पनि मिलान पराजित हुन पुगेको हो।

मिलानका लागि खेलको ४३औं मिनेटमा राफाएल लिआओले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परे पनि बोलोग्नाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्‍यो।

खेलको ४८औं मिनेटमा क्यास्ट्रोले गोल गर्दै बोलोग्नालाई बराबरीमा ल्याए। खेल दुवै पक्षबाट प्रतिस्पर्धात्मक भइरहँदा अन्ततः ८२औं मिनेटमा न्डोएले निर्णायक गोल गर्दै बोलोग्नालाई महत्वपूर्ण जित दिलाए। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेका क्याम्बियाघीको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यस जितसँगै बोलोग्ना तालिकाको छैटौँ स्थानमा उक्लिएको छ, भने मिलान आठौँ स्थानमा झरेको छ।

Skip This
Skip This
Logo