युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रिलियन डलर सम्झौता हुने तयारी

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रिलियन डलर सम्झौता हुने तयारी

केन्द्रबिन्दु
201
Shares

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका भ्रमण गर्दैछन् । अमेरिका भ्रमणको क्रममा राष्ट्रपति जेलेन्स्कीले आर्थिक सम्झौता गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग ट्रिलियन डलर डिल’को सम्झौताको सम्भावना व्यक्त गरेका छन्। सोही भ्रमणको क्रममा हुने सम्झौतामा यो डिलको सम्भावना रहेको जनाइएको छ। सो सम्झौता अनुसार अमेरिकाले युक्रेनको युक्रेनी भूभागका रहेको दुर्लभ खनिजको श्रोतमा आफ्नो पहुँच भने राख्न सक्ने छ।

वर्तमान तथा पूर्व युक्रेनी अधिकारी युक्रेनबाट उत्खनन् गर्न सकिने खनिजको मात्राका बारे भने प्रस्ट छैनन्। पुरानो सोभियत कालको नक्सालाई अहिलेसम्म आधार मानिएको छ।

यो उपाय भने जेलेन्स्कीकै हो। गत सेप्टेम्बरमा उनी अमेरिका भ्रमणमा गएको समयमा ‘भिक्ट्री प्लान’को रूपमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सो प्रस्ताव राखेका थिए। ट्रम्प र बाइडेन प्रशासन दुवै यो योजनामा सहमत भएका हुन्।

Skip This
Skip This
Logo