नयाँ नेतृत्व चयनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव आज

नयाँ नेतृत्व चयनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को शुक्रबार हुन गइरहेको चुनावमा दलगत प्यानल सक्रिय भएका छन् । निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकटको प्रगतिशील समूह र नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले आ–आफ्नो समूह बनाएर चुनावी मैदानमा उम्मेदवार उतार्दै छन् । दुवै समूह यतिबेला मतदाता आकर्षित गर्न आक्रमक रुपमा लागेका छन् ।

इन्जिनियर्स एसोसिएसनमा यसअघि प्रजातान्त्रिक समूह बलियो थियो । यसपटक भने प्रगतिशील समूह बलियो देखिएको बताइएको छ । प्रगतिशील समूहले १ हजार भन्दा बढी मतान्तरमा पुरै समूह नै विजयी हुने दाबी गरेको छ भने प्रजातान्त्रिकले आफ्नो पुरानो छवि कायम गर्ने बताउँदै आएको छ । निर्वाचनमा देशभरका १७ हजार १५४ जना मतदाताले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

निर्वाचनमा वामपन्थी विचारधारा बोक्ने इन्जिनियरलाई गोलबन्द गर्दै प्रगतिशील इन्जिनियर्स एसोसिएसन, नेपाल (पिन) ले केन्द्रमा प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा आफ्नो प्यानल अघि सारेको छ ।

पिनले प्रत्येक प्रदेशमा समूहगत रूपमा आफ्ना योजना र प्रतिबद्धतासहित आम इन्जिनियरिङ समुदायसँग मत मागिरहेको छ । प्रजातान्त्रिक समूह पनि प्यानलसहित चुनावी मैदानमा छ । महासचिव पदका उम्मेदवार छविराज पोखरेलले यस क्षेत्रको हितका लागि प्रगतिशील समूहको जित हुने दाबी गरे ।
राजधानीबाट

Skip This
Skip This
Logo