वर्षाले खेल अवरुद्ध हुँदा च्याम्पियन्स ट्रफीमा फगानिस्तान र अस्ट्रेलियाले अंक बाँडे, अस्ट्रेलिया सेमिफाइनल प्रवेश

वर्षाले खेल अवरुद्ध हुँदा च्याम्पियन्स ट्रफीमा फगानिस्तान र अस्ट्रेलियाले अंक बाँडे, अस्ट्रेलिया सेमिफाइनल प्रवेश

केन्द्रबिन्दु
105
Shares

काठमाडौँ ।आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल नतिजा बिहीन हुँदा दुवै टोलीले अंक बाँडेका छन्।

अंक बाँड्दा अस्ट्रेलिया फाइदामा परेको छ। च्याम्पियन्स ट्रफीको ३ खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँडेको अस्ट्रेलिया ४ अंकमा शीर्ष स्थानमा रहँदै अंक बाँडेको हो।अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

आफ्नो समूह चरणको अन्तिम खेलमा आज दक्षिण अफ्रिका र इंग्ल्यान्ड भिड्दैछन्। दक्षिण अफ्रिका अन्तिम खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न चाहन्छ। इंग्ल्यान्ड भने यसअघि नै लगातार दोस्रो हार व्यहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ। यी दुई टोलीबीचको खेल कराचीमा आज दिउँसे पौने ३ बजे सुरु हुनेछ।

पाकिस्तानको लाहोरमा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्टेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १ सय ९ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल अघि बढ्न सकेन।

Skip This
Skip This
Logo