राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुर्नस्थापित भएको छः परराष्ट्रमन्त्री राणा

राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुर्नस्थापित भएको छः परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा अहिले खेलको महत्व पुर्नस्थापित भएको बताएकी छन् ।

शनिबार ललितपुरमा चौथाे कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले खेलाडी भनेको सकारात्मक उर्जा दिने जमात भएको भन्दै राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुर्नस्थापित भएको बताएकी हुन् ।

उनले भनिन्, ‘खेलाडी भनेको सकारात्मक उर्जा दिने जमात हो । अहिलेको खेलकुद हेर्दा बल्ल नेपालमा खेलको महत्व पुर्नस्थापित भएको जस्तो मलाई लागेको छ । पहिला पनि खेल जगतमा धेरै कुरा हुन्थ्यो तर बीचमा धेरै नै राजनीतिकरण भयो जसले गर्दा ओझेलमा पर्यो । अहिले फेरी यसको महत्व के हो भनेर नेपाली कांग्रेसका खेलाडी साथिहरु एकदमै जोडदारका साथ लाग्नुभएको छ । यो हेर्दा मलाई एकदमै खुसी लागेको छ ।’

उनले नेपाली कांग्रेसले युवाहरुको भविष्य बनाउन सक्ने भन्दै बाग्मती प्रदेशले युवाहरुलाई लक्षित गरेर खेलकुदलाई जोड दिएको बताइन् ।

Skip This
Skip This
Logo