काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले दरबार रेस्ट्रो बिर्तामोडमा ‘एक्सपिरियन्स टोयोटा’ आयोजना गरेकाे छ । फागुन १८ र १९ मा इटहरीको स्काइ लक्स होटेलस्थित आयोजना हुनेछ ।
झापा र इटहरीलाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड कर, विभिन्न उपहारहरु समेत पाउने छन्।
भोलि टोयोटा ड्राइभ ठिक ३ बजे बिर्तामोडको नयाँ भद्रपुर रोडमा रहेको दरबार रेष्ट्रोबाट सुरु भई दोमुखा रिसोर्टमा गएर सकिने टोयटा नेपालकी उपमहाप्रबन्धक रेखा शाह कार्कीले बताइन् । उनका अनुसार यो कार्यक्रम टोयोटाका ग्राहकहरू तथा सम्भावित खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको हो, जसअन्तर्गत उनीहरूले टोयोटाका विभिन्न मोडेलहरू परीक्षण गरि ड्राइभ अनुभव गर्न सक्नेछन् ।
यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराइनेछ । ग्राहकलाई यू.टि.एस सँग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोध समेत गरेकाे छ ।
टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत ल्याएको छ ।





























प्रतिक्रिया