रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

केन्द्रबिन्दु
1.15k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।

नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ ।

थापा ग्रिन कार्ड होल्डर हुन् ।

पछिल्लो समय उनी नेपालको राजनीतिमा सक्रिय रहेका थिए । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा झरेका हुन् ।

केहीसमय अघि अमेरिकामा सम्पन्न राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा‍. आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए, त्यही हल्लाका बीच कार्यक्रम नै रद्ध भएको थियो ।

Skip This
Skip This
Logo