खेम र संगीताको ‘धेरै नरिसाउँ’ बोलको नयाँ गीत सार्वजनिक, चर्चा बटुल्दै

खेम र संगीताको ‘धेरै नरिसाउँ’ बोलको नयाँ गीत सार्वजनिक, चर्चा बटुल्दै

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा ‘धेरै नरिसाउँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतमा रमेश परियारले शब्द र संगीत भरेका छन् । विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । गीतको भिडियोमा नवजोडीको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको छ ।

नवराज उप्रेतीको टिमले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

यो गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । छोटोसमयमै चर्चा कमाएको यो गीतको भिडियोलाई झण्डै तीन लाख बढीले हेरिसकेका छन् र दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुलेको छ ।

Skip This
Skip This
Logo