विश्वविजेता बुफोन भन्छन्- नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहना छ

विश्वविजेता बुफोन भन्छन्- नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहना छ

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । विश्वकप विजेता इटालियन लिजेन्ड गोलकिपर जियानलुजी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहना रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिकाे रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपालले पनि विश्वकप खेलेको हेर्न चाहेको भएकाे भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए ।

उनले भने,‘म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ ।’

यस्तै उनले नेपालको झण्डा देख्दा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताए । नेपाल आएर आफ्नो सपना साकार भएको बताए । उनले भने,‘म युवा हुँदा नक्सा हेरेको थिएँ । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ। यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ । मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । मलाई नेपाल पछि फेरि आएर यहाँको संस्कृति र मन्दिरहरु हेर्न मन छ । समय मिलाए फेरि आउने छु ।’

त्यस्तै उनले केपी ओली कप कस्ले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताए ।

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

Skip This
Skip This
Logo