नेपाल अटो मेकानिक्स व्यवसायी संघको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल अटो मेकानिक्स व्यवसायी संघको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार ललितपुरको बागमती गाउँपालिकास्थित तीनपाने, राडारमा वार्षिक साधारणसँगै बनभोज कार्यक्रम पनि सम्पन्न भएको हो ।

संघका अध्यक्ष रुद्र बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न बाइक कम्पनी र यससँग सम्बन्धित लुब्रिकेन्ट तथा पार्ट्स व्यवसायीहरुको समेत संलग्नता रहेको थियो । सो अवसरमा कम्पनीका प्रतिनिधिहरुले आफ्ना उत्पादनको स्टल समेत राखेका थिए । सो अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Logo