डिएभी विद्यालयमा अन्नदान कार्यक्रम सञ्चालन

डिएभी विद्यालयमा अन्नदान कार्यक्रम सञ्चालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुरस्थित डिएभी शुशील केडिया विश्व भारती विद्यालयको मदर टेरेसा सोसल सर्भिस क्लबसम्बद्ध विद्यार्थीहरुले ३ दिने अन्नदान कार्यक्रम आयोजना गरेको छ ।

संसारका हरेक बालबालिकाहरु स्वस्थ, सुरक्षीत र खुशी रहन पाउनुपर्ने उद्देश्य र चेतनासहित अन्नदान कार्यक्रम संचालन गरिएको हो । उद्घाटन समारोहमा क्लबसम्बद्ध विद्यार्थीहरुले नेपाल लगायत विश्वका विभिन्न देशहरुमा बालबालिकाहरुको कहालि लाग्दो भोकमरी र गरिबीको फोटो, भिडियो, तथ्याङ्कसहित प्रर्दशन गरेका थिए ।

विभिन्न संघ सस्थासँग आवद्ध समाजसेविहरुले विद्यार्थीहरुद्वारा आयोजित गरिबी र भोकमरीको चपेटामा परेका बालबालिकाहरूको सहयोगार्थ गरिएको कार्यक्रम निकै प्रंससनिय र मानवकल्याणको लागि उदाहरणिय रहेको उल्लेख गरेका छन् ।

औपचारिक कार्यक्रमको समापनसंगै विद्यार्थी, शिक्षक र कर्मचारीहरु विद्यालयको खेलमैदानमा आ–आफ्नो घरबाट ल्याइएको विभिन्न खाद्य सामग्री दान गरेका थिए ।

संकलित खाद्य सामाग्री मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर, मेरी वार्ड लुभु, ललितपुर, होराक नेपाल, पाटन ललितपुर, रोटरी क्लब अफ पशुपति, काठमाडौं, रेजिना एमिरोस स्कुल, धोबिघाट ललितपुर नवज्योति सेन्टर बालुवाटार, काठमाडौँ, किठ्सा नेपाल काठमाडौ र एन. आर. एन मधु काठमाडौंलाई हस्तान्तरण गरिनेछ ।

Skip This
Skip This
Logo