‘युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ’

‘युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ’

केन्द्रबिन्दु
9
Shares

गण्डकी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गरेका छन् ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उनले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताए।

“मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा खेलकुद मन्त्रालय पर्ने गरेको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ ।” उनले खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भने।  

Logo