काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा पहिलोपटक सुट मेला २०८१ सञ्चाालन भइरहेको छ ।
नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा गत मंसिर १७ देखि जारी मेला २०८२ बैशाख २५ गतेसम्म चल्ने छ । मेलाको उदेश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकैठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सटिङ सुटिङको महत्व बुझाउनु रहेको मेरिना इम्पेक्सका सञ्चालक अर्जुन बस्नेतले जानकारी दिए ।
याे मेला विवाहको सिजनमा सुट पाइन्ट सिलाउन काठमाडौं आउनेलाई सहयोगी हुनुका साथै सुटमा आएको नयाँ डिजाइनबारे टेलर्सहरुले ग्राहकलाई जानकारी समेत दिँँदै आएका छन् ।
मेरिना इम्पेक्सले विगत २५ वर्षदेखि ग्राहकहरुलाई सेवा दिँँदै आएको छ । ग्राहकले अर्डर गरेको २४ घण्टाभित्र ग्राहकको रोजाई अनुसार सुट सिलाएर डेलिभरीको सुविधा पनि उपलब्ध रहेकाे छ । विवाह, व्रतबन्ध लगायत अन्य कार्यका लागि मेरिना इम्पेक्सलाई सम्झन सकिने मेरिना इम्पेक्सका सञ्चालक बस्नेतले बताए । सञ्चालक, मेरिनामा आएका ग्राहकहरुले यस टेलरिङले आफूले चाहे अनुसार सुट सिलाईदिने र मेलामा विषेश छुट दिएको बताएका छन् ।

त्यस्तै, श्रेष्ठ टेलरिङले पनि तीन दशकदेखि टेलरिङकाे क्षेत्रमा ग्राहकहरुलाई गुणस्तरीय सेवा दिँँदै आएको छ । उपत्यकाको विभिन्न क्षेत्रमा ६ वटा ब्रान्चबाट सेवा दिँँदै आएको छ । ग्राहकको विश्वास जित्न सफल श्रेष्ठ टेलरिङले गुणस्तरीय सुट छिटो र छरिटो रुपमा उपलब्ध गराउँँदै आएको श्रेष्ठ टेलरिङका अध्यक्ष बाबुकाजी श्रेष्ठले बताए ।
मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनहरु समावेश छन् । उक्त कम्पनीहरुले मेलामा आएर सट, सुट, दौरा सुरुवाल वा अन्य कपडामा विषेश छुट दिएका छन् । यी कम्पनीहरु दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् ।
मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर साबित हुने आयोजक पक्षले अपेक्षा गरेको छ ।

आराधना कम्प्लेक्समा रहेका टेलरिङ कम्पनीहरुले मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउँदै आएका छन् ।
मेलामा सहभागी भइ सुट किन्ने ग्राहकहरुलाई देश र विदेश घुम्ने अवसर पनि प्रदान गरिएको छ । मेला अवधिमा कपडा खरिद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत रहेको छ ।

सुट किन्ने एक जोडीले दुबई, एक जोडीले थाइल्याण्ड, १५ जोडीले पोखरा, १० जोडीले चितवन, १० जोडीले मनकामना घुम्न पाउनेछन् । त्यसैगरी ५० जनाले चन्द्रागिरीको टिकट पाउने छन् भने २० जनालाई सुट उपलब्ध गराइने छ । साथै ४० जनालाई सर्ट पाइन्ट उपहार दिइनेछ ।
सहभागी व्यवसायीले यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत थोरबहुत योगदान हुने विश्वास गरिएको छ । यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनुरहेको छ । यसले सर्टिङ–सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारको राजस्वमा पनि योगदान गर्ने आयोजक पक्षले विश्वास लिएको छ ।































प्रतिक्रिया