ललितपुर । इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले पहिलो पहिलो हिसान कप ललितपुर बास्केटबल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । प्रिमियर अपराजित रहँदै च्याम्पियन बनेको हो ।
योसँगै प्रिमियरले नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा नयाँ रेकर्ड राखेको छ । शानदार जितलाई अझ विशेष बनाउँदै प्रिमियर इन्टरनेशनलका आईडीबी वर्ष २ का विद्यार्थी प्रणय बास्सी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
प्रतियोगिताभर प्रिमियर इन्टरनेशनलले रणनीतिक खेल, अनुशासन, र अपराजय टीमवर्क प्रदर्शन गर्दै बास्केटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ । फाइनल खेलमा, प्रिमियरले लिटल एन्जल्स’ स्कूललाई पराजित गर्दै ट्रफी उचालेको हो ।

अन्य विधाहरूमा पनि रोचक प्रतिस्पर्धा देखियो। प्लसटुका छात्राहरूको फाइनलमा, लिटल एन्जल्स’ स्कूल ले ब्लूबर्ड स्कूललाई कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो। त्यस्तै ब्याचलरतर्फ छात्रहरूको फाइनलमा, ब्राइट फ्युचर कलेज नगर्जुना कलेजलाई हराउँदै च्याम्पियन बन्यो।
विजेता टोलीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले ट्रफी प्रदान गर्दै उनीहरूको लगनशीलता र उत्कृष्टतालाई सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, हिसानका केन्द्रीय समिति महासचिव लोक ब। भण्डारी, सचिव ऋषि तिवारी, सहकोषाध्यक्ष नरेन्द्र, तथा हिसानका काठमाडौं अध्यक्ष जेसिका चेन्जुङ जस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रह्यो। उनीहरूको सहभागिताले नेपालका शैक्षिक संस्थाहरूमा बास्केटबलको बढ्दो प्रभावलाई उजागर गर्नुका साथै युवा खेलाडीहरूलाई प्रेरित गर्ने महत्त्वलाई समेत दर्शाएको थियो ।





























प्रतिक्रिया