प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १६औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए ।

उनले भने,‘प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुँदैछ । यो अधिवेशनमा शुभेच्छुक संस्थाहरु आमन्त्रणा गरेका छौं । सबैजना गरेर करिब दुई हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।’

साथै उनले २७ गते बेलुका पाँच बजेसम्म नयाँ नेतृत्व चयन गरिसक्ने पनि जानकारी दिए । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ ।

Logo