कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

केन्द्रबिन्दु
27
Shares

इनरुवा (सुनसरी) । सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।

स्थानीय किसानको दबावका कारणले हावाहुरीसँगै असिना पानीबाट कृषिमा भएको क्षतिका विषयमा विवरण सङ्कलन गर्न सुरु भएको हो ।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।

जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ ।

बाह्रैवटै स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताए। हावाहुण्डरी र असिना, पानीले मकैै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन् ।

Skip This
Skip This
Logo