काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले भूमि सम्बन्धी अध्यादेश सदनमा प्रस्तुत गरियो भने बाँकी पाँचवटा अध्यादेश पनि नमान्ने निर्णय गरेको छ ।
मंगलबार तीन दिनदेखि बस्दै आएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताएका हुन् । उनले भने, ‘अध्यादेशको कुरामा अन्य पाँचवटा अध्यादेश प्रक्रियामा गएपछि सोही अनुरुप गर्ने । तर भूमि सम्बन्धी अध्यादेश नमान्ने निर्णय गरेका छौ । र सो अध्यादेश सरकारलाई फिर्ता लिन पनि आग्रह गरेका छौ । भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरियो भने बाँकी पाँचवटा पनि नमान्ने भन्ने कुरा पहिलादेखि नै प्रष्ट भन्दै आएका छौं ।’
यस्तै, बैठकले सबै भातृ संगठनको अधिवेशन बैशाख मसान्तभित्र सम्पन्न गर्ने र जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणलाई पनि बैशाख मसान्तसम्म म्याद लम्बाउने निर्णय गरेको पनि उनले जानकारी दिएका छन् ।































प्रतिक्रिया