जनयुद्ध कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो होः सञ्चारमन्त्री गुरुङ

जनयुद्ध कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो होः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी जनयुद्धलाई कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित २६औं यदु स्मृति दिवस तथा २६औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले समाज परिवर्तनका लागि हतियार भन्दा विचार नै प्रमुखपक्ष रहेको पनि जिकिर गरे ।

साथै सञ्चारमन्त्री गुरुङले शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको पनि बताए ।

Logo